Friday, December 25, 2015

कसरी सम्हालु म,हत्केलामा लुकाऊ म 
बदलिने समयलाई 

कसरी खोजु म,हराएको आफुलाई 
बदलिने यो ठाउँमा

मनलाई सिकाउदै ,मनलाई बुझाउदै 
पर्खेर बसेको छु 
तिमीलाई 

कसरी भनु म
मनको कुरा खोलु म ,
तिमीले सुनेनौ भने 

कसरी सम्झाउ म,
धेरै नजिक आऊ म ?
टाढिदै गयौ भने?

मनलाई सिकाउदै ,मनलाई बुझाउदै 
पर्खेर बसेको छु 
तिमीलाई




माया गर्छौ तिमी, 
मलाई थाहा छ,
गुनासो गरेको हैन.
तर एक्लो अनुभव हुन्छ.

मनलाई सिकाउदै 
मनलाई बुझाउदै 
पर्खेर बसेको छु 
तिमीलाई

No comments:

Post a Comment